काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ । आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।
काठमाडौँँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना सङ्क्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० असार २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन
भोलिदेखि तीन दिनसम्म काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै