काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारीबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँँ, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वारेन्टाइन पठाउने तयारी गरिएको छ । त्यसैगरी बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र अनिवार्य गरिएको छ । आफूखुसी भित्रिनेलाई विभिन्न पार्टी प्यालेसमा बनाइएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।
काठमाडौँँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले असुरक्षित आवागमनका कारण कोरोना सङ्क्रमण बढ्ने भएकाले व्यवस्थित र सुरक्षित बनाउन उपत्यकामा आउने र बाहिर जानेमाथि थप कडा गरिएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० असार २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने