एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् । ट्रम्पले विदेशी कामदारको भिसा यो वर्ष २०२० को अन्त्यसम्मका लागि निलम्बित गरेका छन् ।
व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच वनबी भिसा, कम्पनीमा काम गर्ने कर्मचारीको ट्रान्सफर गर्ने एल–वन भिसा, एकेडेमिक र अनुसन्धानकर्ताका लागि जे भिसा र सिजनल वर्करका लागि एच–टुबीच भिसा नदिइने भएको हो ।
यद्यपि यो प्रतिबन्धमा फुड प्रोसेसिङ उद्योगमा काम गर्ने कर्मचारीलाई भने छुट दिन सक्ने बताइएको छ । व्हाइट हाउसका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सरकारको यो निर्णयबाट अमेरिकी जनताले कोरोना महामारीपछि तत्काल काम पाउनसक्ने बताएका छन् ।
अधिकारीले भने, ‘राष्ट्रपति ट्रम्प अमेरिकी जनतालाई जतिसक्दो छिटो काममा फर्काउन चाहन्छन् ।’ अमेरिकामा भिसामाथि लगाइएको यो प्रतिबन्धबाट पाँच लाख २५ हजार रोजगारी अमेरिकी जनताले पाउनेछन् । कोरोना भाइरसको महामारीपछिको संकटमा अमेरिकीका लागि यो राहतको विषय हुनेछ ।
कोरोना भाइरसको संकटको समयमा उनले विदेशी नागरिकलाई स्थायी बसोबासको सुविधा (ग्रीनकार्ड) माथि तात्कालिक रुपमा प्रतिबन्ध घोषणा गर्न सक्ने बताइएको छ । ट्रम्पले विदेशी कामदारलाई रोक्नका लागि सक्दो प्रयास गरिरहेका छन् । ट्रम्प प्रशासनले कोरोना महामारीको बहाना बनाएर आप्रवासन कानूनको उल्लंघन गरेको आलोचकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ असार २०७७, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी