काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौताले नेकपामा निक्कै ठूलो बबण्डर निम्तन सक्ने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले पार्टीलाई छोडेर आफु निकट सांसदहरुको साथ लिएर यस विषयमा काँग्रेससँग साझेदारी गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीका कुनै पनि कमिटिमा एमसीसी पारित गराउन बहुमत पुरयाउन नसक्ने देखेपछि पार्टीलाई छलेर विपक्षी काँग्रेसको साथ लिएर अगाडी जान खोजेका छन् । ओलीको यो रणनीति पछि नेकपाका नेताहरु झस्किन थालेका छन् । ओलीले पार्टीको निर्णयका आधारमा नभई संसदको निर्णयका आधारमा एमसीसीको भाग्य र भविश्यको फैसला गर्नुपर्नेमा जोड दिनुको अर्थ उनले काँग्रेससँग साझेदारी गर्न खोजेका हुन् ।
काँग्रेस सांसदहरु एमसीसी अविलम्व संसदीय प्रक्रियामा अगाडी बढाएर पारित गर्नुपर्ने मत राखिरहेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा देखि अन्य नेताहरुले एमसीसी जसरी हुन्छ, छिटो संसदमा ल्याएर पारित गर्नुपर्ने मत राखिरहेका छन् । ओलीले भने काँग्रेसको यही तर्कका आधारमा आफु पक्षिय नेताहरु, काँग्रेस र समाजवादी पार्टीका नेताहरु सम्मको साथ लिएर सदनबाट एमसीसी पारित गर्ने योजना बनाएका छन् । उनले आवश्यक परे सरकारमा समेत काग्रेससँग साझेदारी गर्न भित्री तयारी थालेको स्रोत बताउँछ ।
एमसीसीका विरोधी रहेका मन्त्रीहरुलाई क्याबिनेटबाट हटाउने र त्यसको ठाँउमा काँग्रेसका नेताहरुलाई सहभागी गराएर जाने रणनीतिमा ओली देखिएका छन् । यसो गर्दा संसदमा आफुसँग प्रष्ट बहुमत रहने योजना ओलीको देखिन्छ । पार्टीले आफ्ना विरुद्धमा कुनै कारवाही गर्न नसक्ने र गरेमा पनि त्यसको सामना गर्ने तयारीमा ओली देखिन्छन् । उनले आफनो योजनाका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि जानकारी गराईसकेका छन् । ओलीले आफ्नै क्याबिनेटमा रहेका गृहमन्त्री रामबहादुर थापा बादल सम्मलाई फकाउने योजना साथ उपप्रधानमन्त्री समेतको अफर दिएर राष्ट्रपति भण्डारीलाई भेटाउन पनि लगेका थिए । तर बादलले एमसीसी जस्ताको तस्तै पारित गराउने विषयमा आफु तयार नरहेको बताएपछि ओली थप दबाबमा परेका छन् ।
उनले सचिवालयमा कुनै तरिकाबाट पनि बहुमत पुराउन नसक्ने देखेपछि पार्टी बैठकलाई अलमलाउने, पार्टीमा यताउता केही गर्ने नदिई सल्लक्कै संसदमा एमसीसी प्रस्ताव लैजाने योजना बनाएका छन् । त्यसका लागि उनले काँग्रेस सांसदबाट अब दबाब बढाउने रणनीतिमा ओली देखिएका छन् । फकाउन मिल्ने सम्मका नेतालाई राष्ट्रपतिमार्फत भेट्न बोलाउने र सम्भव भएसम्म फकाउने र फकाउन नमिल्ने नेतालाई पाखा लगाएर जाने योजना ओलीको देखिन्छ । एमसीसी जसरी पनि पारित गराई छोडने योजनामा ओली देखिन्छन् । जसकाकारण पार्टी विभाजन हुने अवस्था आएपनि उनले त्यसबाट जोगाउने उपायका बारेमा कुनै चासो नराखेको स्रोत बताउँछ । बरु उनले काग्रेससँग सत्ता साक्षेदारीको प्रयास थालेको बालुवाटार स्रोतले बताएको छ ।
ओलीले राष्ट्रिय सहमतिको आवश्यकता भन्दै सरकारमा काँग्रेसलाई साथ लिएर जाने योजना बनाएको स्रोत बताउँछ । उनले यस विषयमा पार्टी नेताहरुसँग आफ्नो अडान छोडिरहेका छैनन् । उस्तै परेमा ओलीले पार्टी बैठक भन्दा संसदीय दलको बैठक बसेर एमसीसीमा निर्णय लिने योजना बनाएको स्रोतले बताएको छ । त्यसका लागि उनले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई आवश्यक तयारी गर्न परिचालन गरिसकेका छन् । नेम्वाङले पनि अहिले सांसदहरुसँग एमसीसी कसरी पारित गर्न सकिएला भनेर छलफल चलाईसकेका छन ।
नेम्वाङले संसद सचिवालयमा आफुमार्फतका नेताहरु परिचालन गरेर संसदमा एक वर्ष देखि विचाराधिन रहेको एमसीसी सम्झौतालाई संसदीय प्रक्रियामा अगाडी बढाउनका लागि दबाब बढाउन थालेका छन् । सभामुख सापकोटालाई द्धन्द्धकालको मुद्दा देखाएर तर्साउने योजना पनि शुरु भएको छ । एमसीसीलाई कार्यसूचिमा राख्नको लागि ओली पक्षधर सांसदहरुले सभामुख सापकोटालाई अप्रत्यक्ष रुपमा दबाब बढाईरहेका छन् । यसले गर्दा ओली आवश्यक पर्दा बरु आफ्नै पार्टी नेताहरुसँग सहकार्य तोड्ने र विपक्षी काग्रेससँग मिलेर सत्ता साक्षेदारी गर्ने सम्मको विकल्पमा पुगेको वालुवाटार स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असार २०७७, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै