काठमाडौं । एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो ।
उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ असार २०७७, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुर मुद्दामा फरार रहेकी शाही पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीका एक राजनीतिज्ञ सहायक पक्राउ
झापाको मेचीपुलबाट ब्राउन सुगरसहित १ जना पक्राउ
मापसे सेवन गरेर एम्बुलेन्स चलाएको आरोपमा चालक पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ