कास्की । गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण प्रदेश राजधानीसमेत रहेको जिल्ला कास्कीमा दुई, तनहुँमा २५, नवलपुरमा १६, गोरखामा पाँच, बाग्लुङमा आठ तथा म्याग्दी र स्याङ्जामा एक÷एक जना सङ्क्रमित थपिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, चितवनको भरतपुर अस्पताल र पोखरामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । कास्कीको मादी गाउँपालिकाका ४१ वर्षीय पुरुष र १९ महिनाका बालिका छन् । तनहुँको ऋषिङ गाँउपालिकाका २८, २८, २८, ३७, २०, २३, २७, १९, १, २८, २०, ३३, २३, ३०, १६, २३, २३ २०, २३, २४, २८ ब्यास नगरपालिकाका २४ र २८ तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षीय पुरुष रहेका छन् ।
नवलपुरको बुलिङटार गाउँपालिकाका १७, ३६, ३०, ३७, २२, २०, ४१, ३३, २१, ३८ र २२ वर्षीय पुरुष, बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका २५ र ४५ तथा विनयी त्रिवेणी गाउँपालिकाका २१ वर्षका पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुष छन् । त्यसैगरी गोरखाको भीमसेन गाउँपालिकाका ३६, ३३, २२, ३५ र २८ वर्षका पुरुष, म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुष तथा स्याङ्जाका पालिका नखुलेको २९ वर्षीय पुरुष रहेका छन् । बागलुङको काठेखोला गाउँपालिकाका २३, ३३, ३६, २४, ३४, ३९ र २२ वर्षका पुरुष तथा ३० वर्षीया महिला रहेका छन् ।
नयाँ सङ्क्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा सङ्क्रमण देखिएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४३८ पुगेको छ ।
हालसम्म स्याङ्जामा ७६, नवलपुरमा ११५, बागलुङमा ७४, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ६८, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ र मनाङमा एक÷एक जना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।
प्रदेशमा हालसम्म आठ हजार ७५१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ । प्रयोगशलामा अझै एक हजार ४५२ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ असार २०७७, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती