काठमाडौं । भारतले नेपालतर्फ सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का उच्च अधिकारीहरु नै सीमावर्ती क्षेत्रमा बाक्लो रुपमा निरीक्षणमा आउन थालेका हुन् ।
एसएसबीले गस्तीपनि यसअघिको तुलनामा बढाउँदै लगेको छ । गत जेठ ३० मा सीमा सुरक्षार्थ सर्लाहीको संग्रामपुरमा खटिएका नेपालको सशस्त्र प्रहरी बलको कारबाहीमा भारतका एक जनाको मृत्यु भएपछि एसएसबीले पैदल र सवारी गस्ती बढाएको हो । यसबाहेक दार्चुलाको कालापानी क्षेत्रमा भारतीय अतिक्रमणले पनि दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ । कान्तिपुर दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ असार २०७७, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु