काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेलसहित ६ जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहितनियन्त्रणमा लिएको छ ।
आयोगबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, नासु क्रमशः उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई सेवाग्राहीबाट आठ लाख पचास हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
जग्गाको कित्ताकाट गर्न आदेश गराई दिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ