काठमाडौं । विदेशी बुहारीले सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने प्रावधानमाथि संसद्को राज्यव्यवस्था समितिले छलफल थालेको छ।
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता तत्कालै वा केही वर्षपछि मात्र दिने भन्नेमा दलहरूबीच विवाद छ। सत्तासीन नेकपा विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकताको पक्षमा छ।
मधेसकेन्द्रित दल त्यसको विपक्षमा छन्। प्रमुख विपक्षी कांग्रेसका सांसद ७ वर्षको प्रावधानप्रति विभाजित छन्। कांग्रेसका मधेस क्षेत्रबाट निर्वाचित सांसद अन्तरिम संविधानकै प्रावधानमा जानुपर्ने बताउँछन्। उनीहरू आफ्नो देशको नागरिकता त्यागेको कारबाही चलाएपछि विदेशी बुहारीले तत्कालै नेपालको नागरिकता पाउनुपर्ने अडानमा छन्। अन्य सांसद सात वर्षको प्रावधानप्रति सकारात्मक देखिएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ असार २०७७, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
छयानब्बे वर्षमा नागरिकता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस