एजेन्सी । भारत र चीन बिच द्धन्द्ध बढ्दै जाँदा अहिले विश्वको ध्यान यस तर्फ केन्द्रित भएको छ । भारत र पाकिस्तान बिचको द्धन्द्ध स्थिरको स्थितीमा नपुग्दै पुनः दुई ठुला शक्ति राष्ट्र बिच सिमालाई लिएर विवाद शुरु भएको छ । यो विवाद साम्य हुन सकेन् भने तेश्रो विश्व युद्ध सम्म हुन सक्ने अड्कलबाजी शुरु भएको छ ।
भारतसँग सिमा जोडिएका देशहरु नेपाल, चीन र पाकिस्तानसग सिमा मिचेको आरोप भारत माथि लाग्दै आएको छ । तर सोमबार राति चीन र भारतको सिमा लद्धाखमा भएको दुवै पक्षको युद्धले यसले विश्व युद्ध त निम्त्याउने होईन भनेर अन्य ठुला राष्ट्रले भन्न थालेका छन् । चीन भारतको सिमा पूर्वी लद्दाखको गलवान घाटीमा सोमबार राति चिनियाँ र भारतीय सेनाबीच भएका भड्पमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ ।
भारतीय सेनाले मंगलबार राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५-१६ जूनको राती यहाँ दुई देशका सैनिकबीच झडप भएको थियो । झडप र गतिरोध भएको इलाकामा ड्युटीका क्रममा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि मुनिको तापक्रम र अत्यधिक उचाई भएको यो इलाकामा गम्भीर रुपमा घाइते यी १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र सम्प्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’
बयानमा दुई देशका वरिष्ठ सैन्य अधिकारी तनाव कम गर्नका लागि छलफल गरिरहेको बताइएको थियो । यता, चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले पिपल्स लिबरेशन आर्मी (पिएलए) को पश्चिमी थिएटर कमान्डका प्रवक्ता चांग शुइलीको बयान पिएलएको आधिकारिक बिबो अकाउन्टमा पोस्ट गरिएको जानकारी दिएको छ । उक्त बयानमा चांगले भारतले निकै कडा रुपमा आफ्नो सैनिक रोक्नुपर्ने र विवाद समाधानका लागि संवादको सही बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । चांगले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो बचन उल्लंघन गरेको छ र एकपटक पुनः एलएसी पार गरेका छन् ।
जानीजानी चिनियाँ बललाई उक्साए र उनीहरुमाथि हमला गरे । जसका कारण दुबै पक्षमा आमने–सामने झडप भयो र यसैकारण हताहतको स्थिती बन्यो । भारत आफ्नो सैनिकलाई रोक्न कडा निर्देशन लागू गरोस् र कुराकानीमार्फत् विवाद सुल्झाओस् भन्ने माग गर्छु ।’ झड्प साम्य भएसंगै अहिले यि दुवै राष्ट्र वार्ता मार्फत समस्या समाधानको दिशामा अघि बढेका छन् । दुवै पक्षका सेनाले पनि अहिले देखिएको समस्या वार्ताको माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिएका छन् ।घटना पछि दुवै देशका अधिकारी बिच आरोप प्रत्यारोप समेत शुरु भएको छ । सिमा विवादका कारण ४५ वर्ष पछि सेनाको मृत्यु भएको बताईएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ असार २०७७, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’
तीन शतकसँगै भारतले जोगायो टेस्ट