काठमाडौं। खेल मिलेमतोको आरोपमा राज्यविरूद्धको अभियोग लागेका राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापासहित पाँच फुटबलरलाई आज सर्वोच्च अदालतले सफाइ दिएको छ।
विभिन्न अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा नेपाल पुलिसले थापासहित अन्जन केसी, रितेश थापा, विकाससिंह क्षेत्री र सन्दीप राईलाई पक्राउ गरी विशेष अदालतमा राज्यविरुद्धको अभियोगमा मुद्दा लगाएको थियो।
खेलाडीहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरे पनि राज्यविरुद्धको अपराध हुनका लागि कानूनमा स्पष्ट व्यवस्था नभएको, फौजदारी कानूनमा अभियोग कानूनद्वारा पुष्टि नभएको तथा एकातिर राज्यविरुद्धको अपराधको कानून नभएको अर्कोतिर अभियोग लगाएजस्तो राज्यविरुद्धको अपराधलाई पुष्टि हुन सक्ने आधार र कारणसमेत नभएको भन्दै विशेष अदालतले खेलाडीहरूलाई सफाइ दिएको थियो।
त्यसपछि सरकारले सर्वोच्चमा मुद्दा चलाएको थियो। आज सर्वोच्चका न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई आज सदर गरिदिएको छ।
कसूरको प्रकृति खेल मिलेमतो म्याच फिक्सिङ रहेको र फौजदारी संहितामा म्याच फिक्सिङको कानून पछि मात्रै आएको थियो। तर, यो कसूर अगाडिको नै भएकाले कानूनको अभावमा सफाइ दिएको विशेष अदालतको फैसला सदर भएको हो।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार