एजेन्सी । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको हो ।
मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको देखिएको भन्दै एफडिए प्रयोगमा रोक लगाएको छ । हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि कोरोना भाइरसविरुद्धको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै प्रयोग गर्न सुझाउँदै आएका थिए । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताएका थिए ।
ट्रम्पले भने आफूले औषधि खाएको र त्यसको कुनै साइड इफेक्ट नदेखिएको भन्दै बचाउ गरेका छन् । आफूले दुई हप्तासम्म हाइड्रोक्सिक्लोरोक्वीन खाएको र आफूलाई अरु धेरै व्यक्तिले पनि यो औषधिले जोगाएको बताएको ट्रम्पले सोमबार पत्रकारसँग भनेका छन् । ट्रम्पले गएको मे मा आफूले सो औषधि खाइरहेको बताएका थिए । एफडिएले हाइड्रोक्सिक्लोरोक्वीन फिर्ता लिएपछि ट्रम्पले आफूले गर्दै आएको वकालतको बचाउ गरेका छन् ।
एफडिएले गएको मार्चमा कोरोना भाइरसबाट संक्रमित भएका केही गम्भीर बिरामीको आपतकालीन उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको थियो । तर सोमबार एफडिएले पछिल्ला परीक्षणबाट यो औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने नदेखिएको उल्लेख गरेको हो । यस्तै यसले संक्रमणबाट जोगाउन पनि नसक्ने प्रमाणित भएको एफडिएले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ असार २०७७, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले राख्यो १० बुँदे प्रस्ताव
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने