एजेन्सी । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको हो ।
मानवीय परीक्षणबाट प्राप्त पछिल्ला प्रमाणले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको देखिएको भन्दै एफडिए प्रयोगमा रोक लगाएको छ । हाइड्रोक्सिक्लोरोक्वीनले एन्टीभाइरल इफेक्ट उत्पादन गर्ने र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्छ भन्ने पक्षमा प्रमाण नभेटिएको भन्दै एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनलाई आपतकालीन उपचारमा प्रयोग हुने सूचिबाट हटाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि कोरोना भाइरसविरुद्धको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै प्रयोग गर्न सुझाउँदै आएका थिए । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आफूले सो औषधि खाएको पनि बताएका थिए ।
ट्रम्पले भने आफूले औषधि खाएको र त्यसको कुनै साइड इफेक्ट नदेखिएको भन्दै बचाउ गरेका छन् । आफूले दुई हप्तासम्म हाइड्रोक्सिक्लोरोक्वीन खाएको र आफूलाई अरु धेरै व्यक्तिले पनि यो औषधिले जोगाएको बताएको ट्रम्पले सोमबार पत्रकारसँग भनेका छन् । ट्रम्पले गएको मे मा आफूले सो औषधि खाइरहेको बताएका थिए । एफडिएले हाइड्रोक्सिक्लोरोक्वीन फिर्ता लिएपछि ट्रम्पले आफूले गर्दै आएको वकालतको बचाउ गरेका छन् ।
एफडिएले गएको मार्चमा कोरोना भाइरसबाट संक्रमित भएका केही गम्भीर बिरामीको आपतकालीन उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको थियो । तर सोमबार एफडिएले पछिल्ला परीक्षणबाट यो औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने नदेखिएको उल्लेख गरेको हो । यस्तै यसले संक्रमणबाट जोगाउन पनि नसक्ने प्रमाणित भएको एफडिएले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ असार २०७७, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी