नेकपा विवाद मिलाउन राष्ट्रपति फेरी सक्रिय !

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०७७, ०९ : ०१
नेकपा विवाद मिलाउन राष्ट्रपति फेरी सक्रिय !

काठमाडौं । सत्तारुढ दल नेकपाको पार्टी एकता भएको दुई वर्ष पुगिसकेको छ । तर अझै नेता देखि कार्यकर्तासम्मले साच्चै एकताको अनूभूति गर्न भने पाएका छैनन । संगठनात्मक संरचनाका हिसावले केन्द्रीय संरचनाले अझै पूर्णता पाउन सकेको छैन । जनवर्गीय संगठनको त एकता नै कता हो कता जस्तो अवस्थामा छ । 

केन्द्रीय समितिको संख्या टुग्गिएको छ । नाम टुग्गिएको त छ , तर जिम्मेवारी वाडफाड, केन्द्रीय कार्यालय गठन अधिकाशं जनवर्गीय संगठनको यो दुई वर्षको वीचमा अझै बन्न सकेको छैन । जसकाकारण परिचालित हुनुपर्ने जनवर्गीय संगठनहरु आफै कोमामा परेको अवस्था छ । 

पार्टी केन्द्रमै नेताहरुका वीचमा अनेक एजेण्डामा देखिएको विवादले पनि थिलथिलो पारिरहेको छ । नेतृत्वलाई विवादको एउटा भ्वाड टाल्यो, अर्काे तिर प्वाल परिहाल्ने अवस्था निम्तेको छ । केही समय अगाडी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले कसैसाग सल्लाह विनै आफनो संकट टार्नका लागि पार्टी विभाजन सम्मको अध्यादेश ल्याउने र अरुकोे पार्टी फुटाउन सांसदसम्म अपहरण गराउने काममा लागेपछि उनको सत्ता संकट चुलिमा थियो । 

तर एकपछि अर्काे विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी नै प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिएर आईरहेकी छिन् । अहिले फेरि नेकपामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) का कारण संकट देखा परेको छ । ओली संसदबाट उक्त कम्प्याक्ट सम्झौता पास गरेरै छोडने अडानमा र अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रहित विपरितका सम्झौताका प्रावधान संसोधन विना पारित गर्ने नहुने अडानमा रहेका कारण नेकपाभित्र एकसिसि विवाद चर्किएको छ । 

विवाद बढदै जादा के गर्ने भन्नेमा नेकपाभित्र कुनै छेउटुप्पो नेताहरुले फेला पार्न सकेका छैनन । यस्तो वेला पार्टीमा देखिएको विवाद मिलाउने नाममा फेरि c विद्यादेवी भण्डारी सक्रिय हुन थालेको नेकपाका कतिपय नेताहरुले बताउन थालेका छन् । 

दुई अध्यक्षको कार्यविभाजनमा समेत राष्ट्रपती भण्डारीले कुनै न कुनै दृश्य /अदृश्य भूमिका खेलेकी आरोप लागिरहेका बेला  अहिले पनि विवाद मिलाउन उनी सक्रिय हुन थालेको स्रोत बताउँछ । यसका लागि उनले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग  मिलेर जान आग्रह गरिरहेकी स्रोतले बताएको छ । यही क्रममा उनले सोमबार पनि ओली प्रचण्डसँग मिलेरै अगाडी बढन आग्रह गरेको स्रोतले बतायो । 

नेकपाले अब एमसिसि सम्झौता संसदवाट अनुमोदनका साबालमा के गर्ला आम जिज्ञासा बढिरहदा राष्ट्रपतीले दुई नेतालाई मिलेर एउटा उपयुक्त निर्णय लिन सुझाएको शित्तल निवास स्रोतले बताएको छ । उनले पहिले  दुई अध्यक्षका वीचमा समझदारी जुटाएर जान सुझाएको बताइन्छ । 

ओलीको पनि एमसिसिको विवाद मिलाउन यही प्रस्ताव प्रचण्डसँग छ । पार्टीमा छलफल बहस गरेर लम्वाउने भन्दा पहिले दुई अध्यक्षका वीचमा समझदारी बनाएर जान ओलीले प्रचण्डसँग आग्रह गरिरहेका छन् । तर प्रचण्डले पार्टी केन्द्रीय समितिले ब नाएको अध्ययन कार्यदलले एउटा प्रतिवेदन पार्टीलाई बुझुाईसकेकोले त्यस विषयमा पार्टी कमिटिमै छलफल गरेर उपयुक्त निर्णयमा पुग्नु पर्ने धारणा राखिरहेका छन् । 

ओलीले पार्टीमा आफु अनुकुल निर्णय लिन नसक्ने अवस्था देखेपछि विवाद मिलाउन भूमिका खेलिदिन राष्ट्रपतीलाई गरेको आग्रहका आधारमा राष्ट्रपति  सक्रिय हुन थालेको पनि नेकपा उच्च स्रोतले बताएको छ । अब सक्रिय हुन थालेकी राष्ट्रपतिले कस्तो भूमिका खेलछन् ? त्यो भने आगामी केही दिन हेर्नुपर्ने अवस्थामा रहेको नेकपा नेताहरु बताउछन्। 

प्रतिक्रिया दिनुहोस