काठमाडौँ । संघीय संसद्को चालु अधिवेशनका लागि तीनवटा मुख्य एजेन्डा थिए– वार्षिक बजेट, नयाँ नक्सा समेटिने गरी संविधान संशोधन र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता अनुमोदन । प्रतिनिधिसभाले बजेट र संविधान संशोधन विधेयक पास गर्ने दुइटा एजेन्डा पार लगाइसकेको छ ।
अब बाँकी छ– एमसीसी सम्झौता अनुमोदन । तर झन्डै एक वर्षदेखि सत्तारूढ नेकपाको आन्तरिक किचलोले संसद्वाद सम्झौता अनुमोदन हुने/नहुने अझै प्रस्ट हुन सकेको छैन । अब तत्काल गरिहाल्नुपर्ने ठोस एजेन्डा नहुँदा प्रतिनिधिसभा बैठक आइतबारबाट चार दिनका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा छलफल गर्न आइतबार नेकपा सचिवालयको बैठक बोलाएका थिए तर स्वास्थ्य अवस्थाको कारण देखाउँदै स्थगित गरे । गत साता पनि एउटा बैठक प्रधानमन्त्रीले अन्तिम समयमा यसैगरी स्थगित गरेका थिए ।
त्यसपछि सचिवालयका नेताहरूले बैठक तत्काल राख्न माग गरेपछि आइतबारका लागि तय भएको थियो । नेकपाको कार्यदलसहित छलफल गर्ने भनेर बोलाइएको बैठक नबसेपछि एमसीसीसम्बन्धी सचिवालयस्तरको छलफल धकेलिँदै गएको छ । ‘एमसीसी सम्झौता संशोधन नहुँदासम्म संसद्मा अनुमोदन हुँदैन । पार्टीले बनाएको रिपोर्टमाथि छलफल गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ नेकपाका वरिष्ठ नेता तथा कार्यदल संयोजक झलनाथ खनालले कान्तिपुरसँग भने, ‘पार्टीको बैठकबाट यसलाई टुंगो लगाउनुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०१ असार २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्