काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय समितिको बैठक अकस्मात स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित भएको हो ।
नेकपाका महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित भएको बताए । त्यो आकस्मिक काम के आइलाग्यो चाहिँ उनले भन्न चाहेनन् । आइतबार अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट बैठक स्थगित भएको छ ।
दुवै अध्यक्ष र महासचिवको परामर्शमा बोलाइएको बैठक आकस्मिक काम परेकाले परामर्शबाटै स्थगित भएको पौडेलले बताए । आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो । नेकपामा एमसीसीको विवाद पेचिलो बन्दै गएको बेला बैठक दोस्रो पटक स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३२ जेठ २०७७, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीका सह–उपाध्यक्ष जोन विंगल किन आए नेपाल ?
नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्