एजेन्सी । बार्सिलोनाले तीन महिनापछि भएको खेलमा शानदार विजयी हात पारेको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनका फुटबल गतिविधि पुनः सुरु भएसँगै ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले मालोर्कासँग प्रतिस्पर्धा गरेको हो ।
अवे मैदानमा भएको खेलमा बार्सिलोना ४–० ले विजयी भएको हो । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि थप दुई गोल गरेको हो । दोस्रो मिनेटमा नै अटुरो भिडालले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।
३७ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि पहिलो हाफमा टिमको अग्रता २–० भयो । ७९ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे । इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो । मेस्सीले यो सिजन लिगमा २० औँ गोल गरेका हुन् । जितपछि बार्सिलोनाको २८ खेलबाट ६१ अंक भएको छ । अर्थात उ एक खेल कम खेलेको रियल मड्रिड भन्दा पाँच अंकले अघि रहेको छ ।
शनिबार राति भएका अरु खेलमा स्पानियोलले एलाभेसलाई २–०, भिल्लारियलले सेल्टा डी भिगोलाई १–० तथा रियल भालाडोलिडले लेगानेसलाई २–१ ले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३२ जेठ २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा