काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधनसम्बन्धी रिटको सुनुवाइ पूर्ण भएको छ। मुद्दा महान्यायाधिवक्ता विरुद्ध दर्ता भएको थियो।
न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको बहस मंगलबार समाप्त भएको हो। अन्तिम दिन रवि लामिछानेकातर्फको बहस सम्पन्न भयो भने रिट निवेदकहरूले जवाफी बहस प्रस्तुत गरेका थिए।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमणकुमार श्रेष्ठ, तथा अधिवक्ताहरू दीपेन्द्र झा र नारायणदत्त कँडेलले बहस गरेका थिए। उनीहरूले अभियोजन जबरजस्ती गरिएको र महान्यायाधिवक्ताले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार अभियोग पत्र संशोधन गरेको तर्क प्रस्तुत गरेका थिए।
सबै पक्षको बहस पूरा भएपछिको प्रक्रिया अनुसार न्यायाधीशहरू हाल आदेश लेख्ने तयारीमा जुटेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०८२, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'