एजेन्सी । रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुगेको छ। उसले ७ अंकको स्पष्ट अग्रता बनाएको छ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भल्लाडोलिडलाई २–१ गोल अन्तरले हराएको हो।
जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दुरी ७ अंकमा पुर्याएको छ।
ला लिगामा बार्साले ३४ खेलबाट ७९ अंक बनाउँदै शीर्ष स्थानमा छ। बार्सिलोना भन्दा एक खेल कम खेलेको रियल ७२ अंकमा दोस्रो स्थानमा छ।
खेलको छैटौँ मिनेटमा इभान सान्चेजको गोलमा रियल भल्लाडोलिडले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा नै पछि परेको बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो।
वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका राफिन्हा र फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।
खेलको ५४ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए। राफिन्हाले ला लिगाको जारी सिजन १६ औँ गोल गरेका हुन्।
६० औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्साले जित हात पारेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो