काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग पुर्याएको भन्दै नेकपा एमाले नेतृत्वप्रति आभार व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापनका लागि एमालेका शीर्ष नेताहरूलाई बालुवाटारमा आमन्त्रण गरेकी थिइन्। उक्त भेटमा एमालेका नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी भएका थिए।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा लोकतान्त्रिक माध्यममार्फत समाधान खोज्ने प्रमुख उपाय निर्वाचन नै भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन एमालेले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्। राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्दै निर्वाचनमा सक्रिय सहभागिता जनाएको भन्दै उनले धन्यवाद व्यक्त गरिन्।
उनले निर्वाचन परिणामलाई स्वाभाविक राजनीतिक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै एक पटकको जनादेशबाट निराश नहुन पनि सुझाव दिइन्। राजनीतिमा उतारचढाव स्वाभाविक हुने उल्लेख गर्दै दीर्घकालीन रूपमा जनताका मुद्दामा केन्द्रित रहन आग्रह गरिन्।
उक्त अवसरमा एमाले नेताहरूले पनि शान्तिपूर्ण र सर्वस्वीकार्य रूपमा निर्वाचन सम्पन्न गराउन सरकार सफल भएको भन्दै प्रधानमन्त्री र सरकारलाई बधाई दिएका थिए। प्रशासनिक संयन्त्र निष्पक्ष रूपमा परिचालन भएको भन्दै उनीहरूले निर्वाचन प्रक्रिया अघिल्ला अनुभवहरूको तुलनामा थप व्यवस्थित र कम खर्चिलो भएको प्रतिक्रिया दिएका छन्।
यसअघि प्रधानमन्त्री कार्कीले आइतबार पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनको गुन्डुस्थित निवासमै पुगेर भेट गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०८२, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
‘नियुक्ति र बढुवामा कुनै चलखेल हुन दिएनौँ’: प्रधानमन्त्री कार्की
‘जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’ : प्रधानमन्त्री कार्की
‘महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ’ : प्रधानमन्त्री कार्की
जेन जि मुभमेन्ट अलाएन्सले दियो प्रधानमन्त्री कार्कीलाई धन्यवाद
प्रधानमन्त्री कार्कीलाई ‘आमा’ भन्दै बालेनको सम्बोधन