चितवन। नेपाल प्रहरी स्कुल शान्तिपुरका विद्यार्थीहरूले उत्तरदायित्वबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने ट्राफिक स्वयंसेवक कार्यक्रम सम्पन्न गरेका छन् ।
ट्राफिक नियम, सडक सुरक्षा तथा सामाजिक उत्तरदायित्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित एकदिने ट्राफिक स्वयंसेवक कार्यक्रममा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन्।
विद्यार्थीहरूले ट्राफिक नियमहरूको महत्त्व बुझ्दै सडक प्रयोगकर्तालाई सचेत गराउने, सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने तथा जिम्मेवार नागरिक बन्ने सन्देश दिएका छन्।उनीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको सन्देश दिएका छन्।
कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, सामाजिक सेवा भावना तथा ट्राफिक नियमप्रति सम्मान बढाउन महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ। साथै यस्ता कार्यक्रमहरूले भविष्यमा जिम्मेवार नागरिक तयार पार्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०८२, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक नियम उल्लङ्घनमा गर्दा ५० हजारसम्म जरिबाना हुने नियम आउँदै
ट्राफिक कारबाहीबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन