काठमाडौं । विश्वभरि नै कोरोना भाइरसको महामारी तिब्र गतिमा फैलिदैं गर्दा पछिल्लो केही समय यता छिमेकी मुलुकमा संक्रमण तथा मृत्यु दर भयावह बन्दै गएको छ । भारतिय संचारमाध्यमका अनुसार पछिल्लो २४ घंटामा ३ सय ९४ जनाको मृत्यु भएको छ । अहिले सम्म यो एकै दिन मृत्यु भएको सबैभन्दा बढी हो ।
यो संगै भारतमा कुल मृतकको संख्या ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ । कुल संक्रमणको संख्या भने २ लाख ९८ हजार २८३ पुगेको छ । भने बितेको २४ घंटामा ११ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् ।विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख २३ हजार ८४६ जनाको मृत्यु भईसकेको छ भने ७५ लाख ९७ हजार ४२६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३८ लाख ४१ हजार ९४३ जना स्वास्थ्यपचार पछि निको भएका छन् भने ५३ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार २८३ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४६ हजार ९७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० जेठ २०७७, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त