काठमाडौं । अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दावी गर्नेहरुको सङ्ख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको सङ्ख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन् ।
अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो । अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भएपनि सञ्चालन हुँदै आएका छन् ।
श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कामबाट निस्काशित हुनेहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । विषेश गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निस्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् ।
उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिएपनि निश्चित भने नभएको बताइएको छ । अमेरिकामा रोजगारी गुमाउनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि बेरोजगारी भत्ता दिनु पर्ने बाध्यताले सरकार थप अफ्ठ्यारोमा परेको छ । व्यापार व्यवसाय घट्ने, बेरोजगारी बढ्ने र ठूलो रकम बेरोजगारी भत्ताको रुपमा वितरण गर्नु पर्ने बाध्यताले मुलुककै आर्थिक क्षमतामा असर पर्नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ जेठ २०७७, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी