काठमाडौं । लकडाउनका बेला सडकमा प्रदर्शन हुन थालेपछि गृहमन्त्रालयले कारवाहीको चेतावनी दिएको छ। विभिन्न बहानामा सडकमा प्रदर्शन भइरहेको भन्दै गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको हो ।
गृहले आज एक विज्ञप्ति जारी गरी, जोखिम बढाउने र सामाजिक सञ्जालमार्फत मानिसलाई भड्काउन संगठित हुने गतिविधि कसैलाई पनि गर्न नदिने र यसका लागि प्रभावकारी कदम चाल्न प्रशासन र सुरक्षा निकायलाई स्पष्ट निर्देशन गृह मन्त्रालयले दिइएको छ।
‘लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । पछिल्लो ३ दिनयता राजधानीसहित मुलुकका प्रमुख सहरहरुमा सरकारविरोधी आन्दोलन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०७७, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक