चिवतन । नारायणी सामुदायीक अस्पतालले उपचारको नाममा मानव स्वास्थ्यमा कति सम्मको लापरवाही गर्छ भन्ने उदाहरण अस्पतालले नै जारी गरेको विज्ञप्तीबाट प्रष्ट भएको छ । पैसाको लागी जे पनि गर्न तयार हुने यो अस्पतालले कोरोना संक्रमितको मृत्युलाई ढाकछोप गर्न अनेक प्रपन्च रचिरहेको छ । कहिले निजि अस्पताल सन्चालकहरुको टोली बोकेर प्रशासनमा जाने त कहिले भ्रमपुर्ण बिज्ञप्ती जारी गर्ने लगाएतका काम गरिरहेको छ ।
अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेका भरतपुर ११ का एक ६८ बर्षिय बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले जवरजस्ती भ्यान्टिलटरबाट निकालेर सामान्य सुरक्षा र अक्सिजनकै भरमा २६ गते सरकारी अस्पतालमा पठाएको थियो । त्यहाँ पठाएको भोलि पल्टनै ति बिरामीको सरकारी अस्पतालमा मृत्यु भएको हो । ती बिरामीको मृत्यु पछि नारायणी सामुदायीक अस्पतालले चरम लापरवाही गरको भन्दै चर्को आलोचना भएको छ । जिल्ला प्रशासन कार्यालययले पत्र लेखी अस्पताललाई ति बिरामी निकाल्नुको कारण सोधेको छ ।
उनको सरकारी अस्पतालमा मृत्यु भएपछि नारायणी सामुदायीक अस्पतालको चरम लापरबाही भएको भनि आलोचना हुन थालेपछि अस्पतालले बिज्ञप्ती निकालेर मृतकलाई भ्यान्टिलेटरमा नराखेको बिज्ञप्ती मार्फत जनाएको छ । तर मृतकलाई अस्पताल लगेको पहिलो दिन नै आईसियुमा र त्यसपछिका दिनमा भ्यान्टिलेटरमा राखेर उपचार भएको मृतकका ज्वाई शुरेश गुरुगंले सफलखबरलाई बताउदैं भने–‘सुरुको दिन अस्पतालले आईसियुको ५ हजार डिपोजिट गर्न लगाएको र त्यस पछिका दिन प्रतिदिन ८ हजारका दरले भ्यान्टिलेटर चार्ज भनि डिपोजिट गर्न लगाएको थियो ।’ दमका समेत बिरामी भएकाले मृतकलाई २३ गते अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले भ्यान्टिलेटरमा नराखेको अक्सिजन सपोर्टमा मात्रै राखेको भनेर बिज्ञप्ती जारी गरेको छ नि भनेर प्रश्न गर्दा ज्वाई गुरुगंले आफुले सुरुको दिन ५ हजार र त्यस पछिका दिन ८ हजारका दरले रकम जम्मा गरेको र त्यो केको पैसा हो सोध्दा त्यही कार्यरत स्टाफले बुबालाई भ्यान्टिलेटरमा राखेको त्यसैको पैसा हो भनेर पटक पटक आफुलाई भनेको बताए । आफुले हेर्दा पनि अरुलाई भन्दा छुट्टै प्रकारले माक्स जस्तो अक्सिजनको मुखै ढाक्ने गरी पाईप जडान गरी राखेको देखेको बताउनु भयो ।
तर अस्पतातलले अहिले बिज्ञप्ती जारी गरी सत्यलाई ढाकछोप गर्न लागेकाले उनले दुःखेसो पोखे । अक्सिजन सर्पोटमा मात्रै राखको भए दैनिक ८ हजार केका लागी अस्पतालले लियो, उनले प्रश्न गर्दै भने–यसरी मानव स्वास्थ्यमा चरम खेलवाड गर्ने अधिकार यो अस्पताल लाई कसले दियो ।’ जटिल अवस्थामा रहेका बिरामीलाई प्रशासनको अनुमति बिनै अस्पतालले अन्त रेफर गरेको जिल्ला प्रसासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पसाद शर्माले बताए । तर अस्पतालले भने जारी गरेको विज्ञप्तीमा बिरामी पठाउदा सम्बन्धित निकाय संग समन्वय गरि पठाएको र आफन्तले पनि सौहार्दपुर्व बिरामी लैजान स्वीकार गरेको दाबी गरेको छ ।
अस्पतालले बिज्ञप्तीमा झुटको खेतीगरी आम मानिसलाई भ्रममा पारी प्रशासनलाई पनि छल गरेको देखिन्छ । प्रशासनका अधिकारीहरुले आफुहरुले अनुमति बिनै बिरामी निकालेको बताउछन् तर अस्पतालले भने बिज्ञप्तीनै जारी गरी सरोकार वालाको समन्वयमा बिरामी पठाएको दाबी गरेको छ । यसले कानुन भन्दा पनि नारायणी सामुदायीक अस्पताल माथि छ यसले जे गरेपनि हुन्छ भन्ने प्रष्टयाएको छ । यसको जवाफ अब जिल्ला प्रशासन कार्यालयले दिन जरुरी छ ।
कोरोना संक्रमित बिरामीको उपचार बारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसंग जिज्ञासा राख्दा उनले भने–बिरामीलाई अन्त रेफर गर्न नहुने होईन, तर प्रिकप्सन मुख्य कुरा हो, त्यो अस्पतालले अपनाउनै पर्छ’ । एकजनाको कोरोना संक्रमणबाट मृत्य भएको तथ्यांक मन्त्रालयमा आएपनि अन्य विषयको जानकारी नआएको बताए । उनले भने–‘अस्पतालको लापरवाहीबाट मृत्यु भयो भन्ने कुनै लिखित या मौखिक उजुरी नआएकाले केही पनि भन्न सकिन्न ।’ तर प्रवक्ता गौतमले कोरोना संक्रमितलाई रेफर गर्दा सुरक्षाका दृष्टिकोणले सबै प्रक्रिया अपनाएर मात्र पठाउनुपर्छ, बिरामीले उपचार पाउनुपर्छ, स्यवंसिद्ध तथ्य हो, यसमा अस्पतालले पनि ध्यान दिनुपर्छ ।’
‘सुगर र प्रेसरको बिरामी बुबाको २३ गते एक्कासी दाहीने कोखो दुःखेपछि म्याजिकमा हालेर नारायणी सामुदायीक अस्पतालमा लग्यौ र त्यहा लगेर ओपिडिमा देखाएपछि ईको र ईसिजी गरेपछि मुटुमा समस्या भएको डाक्टरले अस्पतालमा भर्ना गरेको मृतकका ज्वाई गुरुंगको भनाई छ ।
उनले भने–आईसियूमा राखेको भोलिपल्ट अवस्था गम्भीर भएको भन्दै भ्यान्लिेटरमा राखे । उपचारकै क्रममा थप परिक्षणहरु र एक्सरे गर्दा निमोनिया पनि देखिएको र पछि २६ गते कोरोना देखिएपछि अस्पतालले जवरजस्ती निकालेको उनको भर्नाइ छ । कोरोना नदेखिदा सम्म सहज रुपले उपचार गरेको अस्पतालले बुवामा कारोना पोजेटिभ पुष्टि भएलगत्तै अस्पतालले दिनु सम्मको दुःख दिएको उनले बताए ।
‘कोरोना देखिएसंगै अस्पतालले अत्याएपछि अक्सिजन सपोर्टको भरमा आफुले सरकारी अस्पतालमा लग्न बाध्य भए ।’ नारायणीले रेफर गरेको भोलिपल्टै उपचारकै क्रममा सरकारी अस्पतालमा गुरुगंको मृत्यु भएको थियो । मृतकका ज्वाई गुरुगं अहिले सरकारी अस्पतालको क्वारेन्टाईनमा रहेका छन् । उनको कोरोना परिक्षणको रिपोर्ट भने निगेटिभ देखिएको छ ।
चाँडो बिरामी बाहिर लैजानु भनेर अस्पतालले अत्यायो, यसरी गयो चितवनका कोरोना संक्रमितको ज्यान
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०७७, १३ : ०५
लेखकबाट थप