काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोटमा भएको टिपर दुर्घटनाका घाइतेलाई उद्धार गर्नुभएको छ ।
मुख्यमन्त्री शाही आज आफँै नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोट जानुभएको थियो । आज बिहान नरहरिनाथ गाउँपालिका–१ कालीकोट लालीघाटस्थित ना८ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परी गम्भीर घाइते रासकोट नगरपालिका–२ कालीकोटका २० वर्षीया निश्पता सार्की, २८ वर्षीया मीन सार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।
उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रेस सल्लाहकार बुढाथोकीले बताउनुभयो । आठ जना घाइतेमा बाँकी छ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालीकोटमा उपचाररत घाइते सबैलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।
उक्त घटनामा भने रासकोट नगरपालिका–१ का २३ वर्षीय शर्मिला सार्की र २१ वर्षीय ठुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक ओलियाका अनुसार हराएका तीन र घाइतेसहित ३४ जना सम्पर्कमा आएका छन् । टिपर चालक रङ्गनाथ धमलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भारतबाट घर फर्केका ३९ नागरिकहरु सबै रासकोट नगरपालिकाका रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ जेठ २०७७, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु