एजेन्सी । अश्वेत व्यक्ति मारिएको विरोधमा अमेरिकामा शुरु भएको आन्दोलन दिन प्रति दिन चर्किदैं गएको छ । राजधानी वासिङ्गटन डिसीमा रंगभेद र प्रहरी बरबर्ताको विरोधमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन् ।
मिनेशोटाको मिनियापोलसमा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा सुरु भएको प्रदर्शनले संस्थागत रुपमा रहेको रंगभेद र प्रहरी बरबर्ता विरोधी आन्दोलनको रुपमा लिएको छ । अमेरिकामा लगातार १२ दिनदेखि प्रदर्शन भइरहेको हो ।
फ्लोइडको गएको मे २५ मा निधन भएको थियो । उनलाई स्थानीय प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लगातार झण्डै नौ मिनेट थिचेका थिए । फ्लोइडले ‘मैले सास फेर्न सकिरहेको छैन’ भन्दा पनि प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन् । त्यसको केही समयपछि फ्लोइडको मृत्यु भयो ।
सो घटनाको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर रंगभेद विरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनको क्रममा केही स्थानमा लुटपाट, तोडफोड तथा आगजनी भए पनि अधिकांश रुपमा शान्तिपूर्ण छ । तर शान्तिपूर्ण प्रदर्शनमै पनि सत्ताको बलमा प्रहरीले ज्यादती गरेको भन्दै तीव्र आलोचना भइरहेको छ ।
वासिङ्गटको लिंकन मेमोरियल र लाफयेत्ती पार्कमा मानिसहरु भेला भएका हुन् । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नजिकै रहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउस तर्फ जान दिएनन् । प्रदर्शनकारीले त्यहिँ नारा लगाएका हुन् । यसैबिच फ्लोइडको जन्मभएको नर्थ क्यारोलाइनामा मानिसहरु भेला भएर स्मृतिसभा गरेका छन् । त्यहाँ पनि प्रदर्शन भएको छ । घटनाको विरोध गर्दै अन्य देशहरुमा पनि प्रदर्शन शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ जेठ २०७७, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य