विदेशबाट नेपालीको उद्दार

म्यानमारमा फसेका २६ नेपाली स्वदेश फर्किए

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०७७, ११ : ४४
म्यानमारमा फसेका २६ नेपाली स्वदेश फर्किए

काठमाडौं । सरकारले विदेशमा फसेका नेपालीहरुको उद्धार शुरु गरेको छ । पहिलो चरण अन्तर्गत म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् ।

म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमानस्थल श्रोतले जनाएको छ । म्यानमारबाट आएका २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ ।

म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिने र त्यसपछि तोकिएको क्वारेन्टिनमा लगिनेछ । त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।