सुनसरी । धरानस्थित एक घरमा आगलागी हुँदा जलेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सुनसरी धरान–१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा एकै परिवारका आमाछोरीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी के कसरी भएको हो यसबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा स्थानीय ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीया सीता श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ । ग्यास चुहिएर आगलागी भएको हुनसक्ने प्रत्यक्षदर्शीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०७७, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते