एजेन्सी । दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ।
त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार नयाँ वर्षको उत्सव मनाउँदै गर्दा भएको आगलागीमा परेर थप ११५ जना घाइते भएका छन्। घाइते अधिकांशको अवस्थामा गम्भीर रहेको प्रहरीले बताएको छ।
भिडभाड रहेको समयमा आगलागी हुँदा ठुलो क्षति भएको हो। आगलागी राति करिब साढे १ बजे सुरू भएको थियो। त्यहाँका युवा पुस्ताका लागि प्रसिद्ध उक्त बारमा नयाँ वर्ष मनाउनेको भीड लागेको थियो।
स्थानीय क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले मृतकको संख्या अझै पुष्टि प्रक्रियामा रहेको बताएका छन्। घाइतेमध्ये धेरैलाई गम्भीर जलन भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
कसरी आगो सल्कियो भन्ने कुनै पुष्टि भइसकेको छैन। बेसमेन्टतर्फ ‘जन्मदिनमा प्रयोग हुने फाउन्टेन क्यान्डल’ काठको छत नजिक राख्दा आगो सल्किएको दाबी केही मिडियाले गरेका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ।
बारमा स्विट्जरल्याण्डका मात्र नभए विभिन्न देशका नागरिक भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि