काठमाडौं । प्रहरीको यातनाका कारण एक व्यक्तिको मृत्यु भएपछि अमेरिका भड्किएको आन्दोलनले झनै साम्य हुनुको साटो झनै चर्कदै गएको छ । हिंसा भडकिन नदिन सरकारले कर्फ्यू लगाएपनि एक साता देखि चलेको आन्दोलन उग्र बन्दै गएको छ ।
प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहितका २३ राज्यका ७५ भन्दा बढीमा शहरमा पुगेको छ । अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै तथा कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरू प्रदर्शनमा उत्रिएका छन् ।
वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालनको चेतावनी दिएका छन् तर पनि प्रदर्शन रोकिएको छैन । फ्लोइड हत्याको बिरोधमा अमेरिकाबाहिर पनि प्रदर्शनहरू भएका छन् ।
गत सोमबार डेरेक शौभिन नामक ४४ वर्षीय (पूर्वप्रहरी) सुरक्षा गार्डले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ जेठ २०७७, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य