काठमाडौं । छिमेकी मुलुक भारतमा दिन प्रति दिन कोरोना संक्रमण बढेपनि जारी लकडाउन खुकुलो पारिएको छ । भारतमा जारी ६८ दिनदेखिको लकडाउन आजदेखि खुकुलो भएको छ । संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो लकडाउन क्रमश खुकुलो पार्दै हटाउँदै जाने निर्णय गरेको छ ।
कोरोना संक्रमित बिरामी र मृत्युको दश देशमध्ये आठौं स्थानमा भारत पुगेपनि लकडाउन झनै खुकुलो बनाउदै लगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या भने घटेको छैन । भारतमा लगातार तेस्रो दिन २ सय भन्दा बढीको मृत्यु भएको छ । आइतबारमा २ सय २३ जनाको मृत्यु भएको छ ।
यसअघि शनिबार २ सय ५ र शुक्रबार २ सय ६९ जनाको मृत्यु भएको थियो । भारतमा तीन दिनदेखि दैनिक संक्रमित पनि ८ हजारमाथि भेटिएका छन् । आइतबार ८ हजार ७ सय ८२ नयाँ संक्रमित फेला परेका थिए । शनिबार ८ हजार ३ सय ३६ र शुक्रबार ८ हजार १ सय ५ संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्या १ लाख ९० हजार र मृतक संख्या ५ हजार माथि पुग्दा पनि सरकारले बन्दाबन्दी क्रमशः हटाउँदै जाने निर्णय गरिसकेको छ । लकडाउन खुकुलो बनाइदै लाने क्रममा पहिलो चरणलाई ‘अनलक १’ नाम दिइएको छ । आजबाट ‘इ पास’ र पूर्व स्वीकृति नलिइ एक जिल्लाबाट अर्को जिल्ला आवातजावत गर्न पाइने भारतिय संचारमाध्यमहरुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ जेठ २०७७, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त