काठमाडौं । छिमेकी मुलुक भारतमा दिन प्रति दिन कोरोना संक्रमण बढेपनि जारी लकडाउन खुकुलो पारिएको छ । भारतमा जारी ६८ दिनदेखिको लकडाउन आजदेखि खुकुलो भएको छ । संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो लकडाउन क्रमश खुकुलो पार्दै हटाउँदै जाने निर्णय गरेको छ ।
कोरोना संक्रमित बिरामी र मृत्युको दश देशमध्ये आठौं स्थानमा भारत पुगेपनि लकडाउन झनै खुकुलो बनाउदै लगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या भने घटेको छैन । भारतमा लगातार तेस्रो दिन २ सय भन्दा बढीको मृत्यु भएको छ । आइतबारमा २ सय २३ जनाको मृत्यु भएको छ ।
यसअघि शनिबार २ सय ५ र शुक्रबार २ सय ६९ जनाको मृत्यु भएको थियो । भारतमा तीन दिनदेखि दैनिक संक्रमित पनि ८ हजारमाथि भेटिएका छन् । आइतबार ८ हजार ७ सय ८२ नयाँ संक्रमित फेला परेका थिए । शनिबार ८ हजार ३ सय ३६ र शुक्रबार ८ हजार १ सय ५ संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्या १ लाख ९० हजार र मृतक संख्या ५ हजार माथि पुग्दा पनि सरकारले बन्दाबन्दी क्रमशः हटाउँदै जाने निर्णय गरिसकेको छ । लकडाउन खुकुलो बनाइदै लाने क्रममा पहिलो चरणलाई ‘अनलक १’ नाम दिइएको छ । आजबाट ‘इ पास’ र पूर्व स्वीकृति नलिइ एक जिल्लाबाट अर्को जिल्ला आवातजावत गर्न पाइने भारतिय संचारमाध्यमहरुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ जेठ २०७७, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’