तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।
हत्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर ६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, ५ निवासी २३ वर्षीय अजय बुढाथोकी र २० वर्षीय आशिष नेपाली तथा १८ निवासी २१ वर्षीय ओमबहादुर सार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
शुक्रबार राति सामान्य विवादपछि भुजको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताउनुभयो । अभियुक्तलाई जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाइएको छ । तुलसीपुर –५ स्थित ज्ञानज्योति प्राथमिक विद्यालयको पछाडि शव फेला पारेको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ जेठ २०७७, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या