क्वारेन्टाइनमा रहेका बालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, ११ : ०६
क्वारेन्टाइनमा रहेका बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरा स्थित क्वारेन्टाइन क्याम्पमा बसेका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका ३ का ६ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको बालकको मृत्यु भएको हो ।

मुम्बईबाट आमाबाबुसँगै बालक आईतबार राति आईपुगेका थिए । उनीहरु सबैलाई त्यही क्वारेन्टाइनमा राखिएको थियो । उनी भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा पुगेका थिए। राति एक्कासी बालक गम्भीर बिरामी भएपछि एम्बुलेन्सबाट अस्पताल पु¥याईएको थियो ।

बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए। उनले ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बताए । 

प्रतिक्रिया दिनुहोस