काठमाडौं । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अमृत रावल छन् । यसअघि यही जेठ १६ गते पक्राउ पर्नेमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल छन् ।
किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले अभियुक्तलाई पक्राउ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ जेठ २०७७, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ