झिमरुक । प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्यचौकी लिबाङ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।
चट्याङमा परी सोही ठाउँका २५ वर्षीय सुरेश विक घाइते हुनुभएको प्रमुख कार्कीले बताउनुभयो । विकको टाउकामा चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ जेठ २०७७, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओखलढुंगामा चट्याङले ६ वर्षको अवधिमा १२ जनाको मृत्यु, २४ घाइते
कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु
चट्याङ लागेर एकै परिवारका चार जना घाइते
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु
चट्याङ लागेर दुई महिला गम्भीर घाइते