काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ ।
नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिनुभएको हो ।
यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ जेठ २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल
पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल बनाऔं : विद्यादेवी भण्डारी
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट