स्वास्थ्यमन्त्री ढकालको कोरोना परीक्षणको लागि स्वाब लिइयो

मंगलबार, १३ जेठ २०७७, १५ : ११
स्वास्थ्यमन्त्री ढकालको कोरोना परीक्षणको लागि स्वाब लिइयो

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको छ। उनको कोरोना जाँच्न मंगलबार स्वाब लिइएको गरिएको स्वास्थ्य सचिव यादव कोइरालाले बताए।

‘उहाँसँग जम्काभेट भएको मानिसलाई कोरोना देखिएको रहेछ। त्यो भेट पनि धेरै बेर होइन’ उनले भने, ‘पछि ती व्यक्तिमा कोरोना देखिएपछि उनको स्वाब लिइएको छ। उहाँ भने अहिले पुलचोकस्थित निवासमै हुनुहुन्छ।’

कहाँका संक्रमितसँग मन्त्री ढकाल सम्पर्कमा आएका थिए भन्नेबारे भने उनले खुलाएनन्। मन्त्री ढकाललाई कोरोना लागेको भन्ने हल्लामात्र भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस