काठमाडौँ । कोरोना भाइरसका कारण स्थगित भएको एसईईबारे सरकारले छिट्टै नयाँ घोषणा गर्ने भएको छ । राष्ट्रका नाममा सम्बोधन दिने क्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईबारे छिट्टै आवश्यक प्रबन्ध गरिने बताएका हुन् ।
कोरोनाका कारण गत चैतमा निर्धारित तालिकाअनुसार एसईई दुई दिन अगाडि स्थगित गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्रीले नयाँ घोषणा हुने बताएका हुन् । महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्, उनले भने, अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन ।
तसर्थ, एसईईका परीक्षार्थीहरूको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने छ । संसदीय समिति र शिक्षा क्षेत्रसँग सरोकारवाला तथा विज्ञहरूले एसईई खारेज गरेर यो वर्ष आन्तरिक परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्ने बताउँदै आएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने लकडाउन खुलेको तीन हप्तापछि एसईई हुने बताउँदै आएका छन् ।
त्यस्तै, नयाँ शैक्षिक वर्ष पनि सुरु गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भर्चुअल (अनलाइन० कक्षा तथा स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर नयाँ शैक्षिक वर्षको पठनपाठन सुरु गर्ने योजनामा सरकार रहेको बताए । ुआवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठनपाठन सञ्चालनको काम अघि बढाउनेछ,ु उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ जेठ २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक