पूर्वराजा र पूर्वप्रधानमन्त्रीले सुरक्षाकर्मी फिर्ता गरेनन्

पत्रपत्रिकाबाट

सोमबार, १२ जेठ २०७७, ०७ : ३७
पूर्वराजा र पूर्वप्रधानमन्त्रीले सुरक्षाकर्मी फिर्ता गरेनन्

फाईल फोटो

काठमाडां । पूर्वगृहमन्त्री र अन्य केही नेताहरूबाट सुरक्षाकर्मी फिर्ता हुन थाले पनि पूर्वराजा र पूर्वप्रधानमन्त्रीले भने अझै पनि फिर्ता गरेका छैनन् । 

पूर्वप्रधानमन्त्रीहरू असन्तुष्ट हुन सक्ने भन्दै सशस्त्र प्रहरीले पनि त्यसतर्पm पहल गर्न सकेको छैन । जब कि उनीहरूको सुरक्षामा नेपाल प्रहरी पनि खटिएको छ । पूर्वराजा र राजपरिवारको सुरक्षामा अहिले पनि सशस्त्रका एक सयजनाको फौज परिचालन भएको छ । सशस्त्रको समूहले पूर्वराजा ज्ञानेन्द्र मात्र होइन, पूर्वयुवराज्ञी हिमानीको पनि सुरक्षा गर्दछ । राजपरिवारको सुरक्षा आवश्यक भए पनि सयजना केको आधारमा खटाइएको हो भन्ने कुनै मूल्यांकन छैन ।

पूर्वप्रधानमन्त्रीहरूमध्ये सबैभन्दा ठूलो समूह पुष्पकमल दाहाल, ‘प्रचण्ड’को सुरक्षामा खटिएको छ । उनको सुरक्षामा सशस्त्रका प्रहरीका ४८ सुरक्षाकर्मी छन् ।  सशस्त्र प्रहरीको तथ्यांक भन्छ–पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा १४, माधवकुमार नेपालको सुरक्षामा १३, लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १०, झलनाथ खनालको सुरक्षामा नौ र डा. बाबुराम भट्टराईको सुरक्षामा आठ सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा सशस्त्रका नौ सुरक्षाकर्मी खटिएका छन् । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस