फिर्ता भए भिआइपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०८२, १५ : ३१
फिर्ता भए भिआइपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी

काठमाडौँ । भिआइपी तथा भिभिआइपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

२३ असोजमा मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो । नेतालगायत भिआइपी सुरक्षा पाउने व्यक्तिहरूका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्मको विवरण अनुसार २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । जसमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना छन् ।

पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षा दिइने विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेख छ ।

तर मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेका थिए ।

अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरूले मापदण्ड विपरीत राखेका सुरक्षाकर्मी समेत गरेर २७१ जनालाई फिर्ता गरिएको हो ।

फिर्ता भएकाहरूले अब संगठनले तोकेको नियमित ड्युटीमा खटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस