काठमाडौ । सरकारले स्वीकृत मापदण्डविपरीत बहालवाला र पूर्वपदाधिकारी (पूर्वभिआइपी तथा भिभिआइपी) का नाममा अनधिकृत रूपमा खटाइएका २७१ अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा यही असोज २३ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्वीकृत मापदण्डविपरीत अनधिकृत रूपमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयसँगै पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओलीको सुरक्षार्थ खटाइएका ४५ जना सुरक्षाकर्मीमध्ये २७ जना र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षार्थ खटाइएका ५२ जनामध्ये ३४ जना अतिरिक्त सुरक्षाकर्मी फिर्ता भएका थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिर्ता भए भिआइपीको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी
काठमाडौँमा सुरक्षाकर्मीको ‘हाइअलर्ट’