Safal Khabar - परीक्षण पहिलो चरणमा सफल भयो कोरोनाविरुद्धको खोप
मङ्गलबार, २३ असार २०७७ (Tuesday, 7 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
परीक्षण पहिलो चरणमा सफल भयो कोरोनाविरुद्धको खोप
सोमबार, १२ जेठ २०७७, ०७ : २९
परीक्षण पहिलो चरणमा सफल भयो कोरोनाविरुद्धको खोप
फाईल फोटो

काठमाडां । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ ।

त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ । क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो ।

Yeti Diistillery

अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ ।  कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस