काठमाडां । चीनले कोभिड–१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ ।
चीनले कोभिड–१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न पाँच कुटनीतिक प्राथमिकतालाई पनि जोड दिने चिनियाँ राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले आइतबार नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।
वाङको यो भनाई चिनियाँ संसदको वार्षिक राष्ट्रिय अधिवेशन चलिरहेका समय आएको बताइएको छ । वाङले भन्नुभयो, “चीनले सन् २०२० का प्राथमिकतामा को कुटनीति घरेलु विकासलाई प्रोत्साहन, राष्ट्रिय चासोहरूको सुरक्षा, अन्य साझेदार मुलुकहरूसँगको मित्रतालाई थप प्रगाढ बनाउने, बहुपक्षीयतामा कडा अडान र अन्तर्राष्ट्रिय समन्वयलाई कोरोनाविरूद्धको लडाईसँगै सक्रियतासाथ विस्तार गर्ने नीति लिनेछ ।”
उहाँले भन्नुभयो, “महामारीको अवधिमा चीन–पाकिस्तान आर्थिक करिडोर उर्जा परियोजना, चीन यूरोप रेललगायत ‘बेल्ट एण्ड रोड’ बीआरआईसम्बन्धी पूर्वाधार निर्माण परियोजना तथा जनताको जीवनसँग घनिष्ट सम्बन्ध भएका परियोजनाहरूले महामारी प्रतिरोधका महत्वपूर्ण भूमिकालाई अघि बढाइनेछ ।”
महामारीपछि चीनले सम्बद्ध मुलुकसँगै स्वस्थ रेशम मार्गको निर्माणलाई अघि बढाउँदै उचित समयमा बीआरआई उच्चस्तरीय भिडियो कन्फरेन्सको आयोजना गर्ने पनि उहाँले बताउनुभयो । उहाँले डिजिटल रेशमी मार्गमा महत्व दिँदै विभिन्न मुलुकको आर्थिक विकासका लागि थप सहयोग गरिनुपर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ जेठ २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’