काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले बजेट तयारीका विषयमा पार्टीभित्र छलफल नगराएको भन्दै असन्तुष्टि जनाएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिका केही सदस्य सहित सचिवालयको अनौपचारिक छलफलमा नेता श्रेष्ठले असन्तुष्टि पोखेका हुन् ।
बजेटको तयारीका विषयमा नेताहरुलाई ब्रिफिङ गर्न पुगेका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा नयाँ कार्यक्रम समेटन नसकेको, नीति तथा कार्यक्रममा केन्द्रीत रहेर बजेट आएको र कोरोना र त्यसको प्रभावपछिको रोजगारी केन्द्रीत गरेर बजेट बनाईएको वताएका थिए । अर्थमन्त्री खतिवडाले बजेटका विषयमा ब्रिफिङ गरेपछि प्रवक्ता श्रेष्ठले असन्तुष्टि पोखेका हुन् ।
उनले पार्टीका स्थायी समितिका २० जना नेताले बजेट, नीति तथा कार्यक्रम, कोरोना महामारी र सरकारको कामको समिक्षाका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाउन माग गरेपनि बैठक बस्न नसकेको भन्दै बजेट तयार बनाएर छलफल गर्नुको अर्थ नहुने धारणा राखेका थिए । बजेट अगाडी नेताहरुले छलफल माग गरिरहनु भएको थियो, तर त्यसमा कुनै छलफल हुदै भएन् । अहिले बजेट तयारी भईसक्यो अनि तयार भईसकेको बजेटमा छलफल गर्नुको के अर्थ ?
प्रवक्ता श्रेष्ठले असन्तुष्टि पोख्दै भने,–‘बजेट तयार भईसकेपछि एकैपटक १५ गते संसदमै सुनाएको भए भइहाल्यो नी, किन अहिले ब्रिफिङ आवश्यक परयो र ?’ नेता श्रेष्ठले असन्तुष्टि पोखेपनि अन्य नेताहरुले भने खास टिप्पणी गरेनन् । उपाध्यक्ष वामदेव गौतमले भने कृषिलाई अब प्राथमिकता दिएर बजेट आउनु पर्ने धारणा राखेका थिए ।
विदेशमा रहेका नेपाली घर फर्कने र देशभित्रकै पनि धेरैको रोजगारी कोरोनाका कारण गुम्ने भन्दै गौतमले कृषिमा रोजगारी उपलब्ध गराउने गरी कृषिमा सरकारले बजेट निर्माण गर्दा पर्याप्त ध्यान केन्द्रीत गर्नुपर्ने धारणा राखेका थिए । सरकारले सम्बैधानिक ब्यवस्था अनुसार १५ जेठमा संसदमा आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०७७, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित