काठमाडौं । लकडाउनका कारण शैक्षिक वातावरण प्रभावित भएको जनाउँदै निजी विद्यालयले सरकारसँग आगामी वर्षको बजेटमार्फत सहुलियत उपलब्ध गराउन माग गरेका छन् ।
प्याब्सन र नेसनल प्याब्सनले शुक्रबार विज्ञप्ति जारी गरेर विद्यालयको नियमित खर्च धान्न धितोविना न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका हुन् ।शिक्षक–कर्मचारीको तलबभत्ता, घरभाडालगायत खर्चका लागि दुई प्रतिशत ब्याजमा कम्तीमा तीन वर्षका लागि ऋण आवश्यक रहेको निजीविद्यालयले जनाएका छन् ।
अब लकडाउन खुलेपनि विद्यालय सञ्चालन हुन अझै समय लाग्ने भएकाले निजी विद्यालयले लिएको ऋणमा समेत आगामी दुई वर्षका लागि आधारभूत दरमा दुई प्रतिशत घटाई ब्याजदर कायम गराउन माग गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० जेठ २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द