काठमाडौं । लकडाउनका कारण शैक्षिक वातावरण प्रभावित भएको जनाउँदै निजी विद्यालयले सरकारसँग आगामी वर्षको बजेटमार्फत सहुलियत उपलब्ध गराउन माग गरेका छन् ।
प्याब्सन र नेसनल प्याब्सनले शुक्रबार विज्ञप्ति जारी गरेर विद्यालयको नियमित खर्च धान्न धितोविना न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका हुन् ।शिक्षक–कर्मचारीको तलबभत्ता, घरभाडालगायत खर्चका लागि दुई प्रतिशत ब्याजमा कम्तीमा तीन वर्षका लागि ऋण आवश्यक रहेको निजीविद्यालयले जनाएका छन् ।
अब लकडाउन खुलेपनि विद्यालय सञ्चालन हुन अझै समय लाग्ने भएकाले निजी विद्यालयले लिएको ऋणमा समेत आगामी दुई वर्षका लागि आधारभूत दरमा दुई प्रतिशत घटाई ब्याजदर कायम गराउन माग गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० जेठ २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन