नागरिकलाई कसरी सुरक्षित साथ उद्धार गर्ने ?

सफल खबर संवाददाता

शुक्रबार, ०९ जेठ २०७७, १३ : ३०
नागरिकलाई कसरी सुरक्षित साथ उद्धार गर्ने ?

- वसन्त कुमार शाही
कोरोना भाईरस COVID -19 ले गर्दा करिब  ४ अर्ब मानिसहरु Lockdown मा सिकार भईरहेका छन् । हरेक देशका नागरिकहरु आफ्नै देशमा सुरक्षित साथ बसिरहेका छन् भने करिब ९० करोड ५० लाख  मानिसहरु अन्य देशको Lockdown मा असुरक्षित रहेका छन्। प्रत्येक देशले आ-आफ्ना नागरिकहरु लाई सुरक्षित साथ उद्धार गरिरहेका छन्  भने ४७ देशहरु उद्धार गरि सकेका छन् विश्व स्वास्थ्य संगठन  (WHO) र विश्व रास्ट्र संघ अनुसार। नेपालमा पनि झण्डै ४० लाख, ९० हजार नागरिकहरु बिदेशमा रहेका छन् भने सबै भन्दा बढी छिमेकी रास्ट्र भारत मा करिब १५ लाख रहेका अनुमान गरिएको छ। भारत बाट मात्र  करिब  १० लाख नागरिकहरु नेपाल आउन तयारी रहेका छन् नयाँ दिल्ली स्थिति नेपाली राजदुतावासले जनाएको छ। नेपाली नागरिकहरु लाई सुरक्षित साथ उद्धार गर्न सकिने निम्न बिधीहरु रहेका छन् ।

भारतमा रहेका नागरिक नेपाल आउने चाहानेहरुको नामावली तयार गर्ने। भारतको कुन स्थान बाट देखि नेपालको कुन प्रदेशको पालिका सम्म नेपाल सरकारले भारतमा रहेको राजदुतावाले तिनि नागरिक रहेको स्थानिय अस्पताल र पुलिस संग समन्वय गरि भारतको स्थानीय तह बाट RTD परिक्षण गराउने कुनै लाई पोजेटिभ( कोरोना देखियो) भने संक्रमित ब्यक्तिलाई त्यहीँ आईसोलेसन मा राख्ने अन्य लाई बस मा राखी नेपालको बौडर सम्म ल्याउने। तिनीहरु लाई नेपालमा प्रवेश गराउनु भन्दा पहिला फेरी RTD परिक्षण गराउने कोरोना देखिएका लाई त्यहीँ राम्रो संग आईसोलेशनमा राखी थप उपचार तथा परिक्षण गराउने निरन्तर अवलोकन अथवा सम्पर्कमा रहने। संक्रमण नदेखिएको लाई नेपालको बसमा राखी  बस को सबै ठोका तथा झाल बन्द गराई कतै नखोली दिशा पिशाब गराउनु पर्यो भने पनि करिब ५० किलोमीटर दुरीमा रहेको सुनशान जङ्गलमा गराउने दिशा तथा पिसाब, र्याल, खकार फालेको ठाउँमा माटोले तोड्ने यसरी प्रत्येकको स्थानीय तह सम्म पुराउने। अहिले हाम्रोमा क्वारेन्टाइन गाउँको नजिकको बिधालयमा बनाएको छ यो नै सबै भन्दा खतरानाजनक हो। हाम्रो नेपालमा हिमाली भाग जहाँ ५०-२०० किलोमीटर सम्म नजिक कुनै को बासस्थान छैन् त्यो ठाउँमा राज्यले WHO को मापदण्ड अनुसार क्वारेन्टाइन बनाउनु पर्छ बाहिर देशबाट आएका नागरिक लाई त्यही थप परिक्षण तथा उपचार गराउनु पर्दछ । 

प्रश्न यो पनि आउन सक्छ राज्यले १० लाख भारत बाट आउने नागरिकको प्रत्येक लाई कसरी परिक्षण गराउन सक्छ ? मेडोसियन स्यान कम्पनीका अनुसार  RTD परिक्षण गरेको $5 अथवा रु. ५२० रहेको छ। भने 
जम्म खर्च  ५००*१०,००,०००= रु. ५० करोड खर्च  हुन जान्छ। तिनी हरु उद्धार गर्न लाग्ने अन्य खर्च रु २० करोड, क्वारेन्टाइन बनाउन २० करोड, व्यबस्थापन गर्न १० करोड  जम्म रु.  १ अर्ब हुन जान्छ। आफ्ना  देशका नागरिक लाई सकुशल उद्धार गर्न लाग्ने १ अर्ब लाई पनि कहाँ बाट ल्याउने भन्छ भने राज्यले, २ करोड ८० लाख नागरिकले प्रत्येकले ४५ पैसा मात्र उठाए पनि यो अनुकरणीय मानद्निय काम गर्न सकिन्छ। राज्य किन मोन छ? 

खर्बौ भस्ट्रचार गर्न हुन्ने आफ्नो देशका नागरिक  लाई उद्धार गर्न १ अर्ब खर्च गर्न नसक्ने ? परिक्षण गरेर कम्तीमा २१ दिन क्वारेन्टाइनमा राखेर निरन्तर परिक्षण गरि सक्य पछि त्यस्तो कुनै किसिमको लक्षण देखिएन भने नागरिकहरु लाई आ-आफ्नो घर पठाउन सकिन्छ। यसरी गर्दा अन्य देशबाट आएका नागरिकहरुले गर्दा स्वदेशमै भएका नागरिकहरु लाई संक्रमण हुने न्युन रहन जान्छ। हरेक नागरिकको कान सम्म पुग्ने संदेश मुलक आवाज केन्द्र सरकर देखी स्थानीय सरकार सम्म जनचेतना मुकल संदेश पठाउनु पर्छ। गाउँको बिधालयमा बनाएको क्वारेन्टाइन लाई हिमाली पहाड अथवा ५०-८० किलोमीटर वासस्थान नभएको स्थानमा क्वारेन्टाइन बनाउनु पर्दछ। कोरोना भाईरस ब्यक्तिको सम्पर्क मात्र नभेर हावाको माध्यम बाट पनि केही दुरी सम्म सजिलै सर्ने भएकोले बिधालयका क्वारेन्टाइन तत्काल अन्य क्षेत्रमा सार्न सकिन्छ। स्वास्थ्य कर्मी तथा सुरक्षा कर्मीहरु लाई अत्याधुनिक पोशाकको (PPE) राज्यले तुरुन्तै उपलब्ध गराउनु पर्दछ कोरोना बिमा भन्दा पनि PPE महत्त्वपूर्ण रहेको छ।

स्वदेशमै रहेका नागरिक अथवा जोखिम क्षेत्र रहेका आ-आफ्नो पालिकाले आफ्नो नागरिको RDT परिक्षण गराउनु पर्दछ। पोजेटिभ देखिएकोहरु लाई आईसोलेशनमा थप परिक्षण तथा उपचार गराउने । सबै नागरिक र सरकार एक झुट भएर यो सकट बाट मुक्ति गराउनु पर्छ।  धेरै विकल्प  रहेको छन जस मध्य सरकारले भाईरोलोजिस्ट, इपिडिमोलोजिस्ट, फार्मास्टि, ल्याब्रोलोजिस्ट, आयुबेर्दिक बिज्ञ र अनुसन्धानकर्ता तथा बैज्ञानिकहरु लाई समाबेश गरि तत्कालको लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरि COVID 19 को बारेमा गम्भीर भएर अनुसन्धान गराउन लगाउनु पर्दछ। अथवा नेपाल हेल्थ रिसर्च परिषद् तथा सरुवा रोग टेकु र अन्य औषधि उत्पादन कम्पनी संग सहकार्य गरि COVID 19 को औषधि तथा भेक्सिन बिकास गर्न सकिन्छ। 

नेपालको झण्डै  २,८०,००,००० सम्पुर्ण मानिस मा COVID 19 परिक्षण गराउनु पर्छ सबै बिदेश बाट आउने नाका सिल गरि, COVID 19 देखिएकाहरु लाई हिमाली भाग मा अस्पताल बनाएर त्यहाँ थप परिक्षण तथा उपचार गराउनु पर्छ। त्यस पछि नेपाल भित्रमा नाक (Lockdown) खुली राज्यले आफ्ना गतिविधि हरु तिव्र गतिमा लागेर बिकास निर्माण गर्न सकिन्छ। 

हामिले के बुझ्नु पर्दछ  भने COVID 19 एक जीवाणु मात्र नभएर(World Biological War) विश्व जीवाणु युद्ध पनि बुझ्न सकिन्छ। विश्व रास्ट्र संघमा सदस्य भएका १९३ रास्ट्रमा झण्डै  ५१,९४,००० संक्रणमित, ३,३४,६०० संक्रणमितको निधन भईसकेको छ। अझै संक्रणमित हुने लगभग  २ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ भने मृत्यु हुने गरिब १० लाख पुग्ने एक अध्यनले देखाएको छ।  February बाट विश्वको अर्थतन्त्रमा ४४.३६% ह्रास भएको छ भने ५ लाखा भन्दा बढी उद्योग, कारखाना, झण्डै ५१,५०० बिश्वबिद्धालय तथा बिधालय बन्द रहेका छन भने करिब ४ अर्ब मानिसहरु Lockdown मा सिकार भईराखेका छन। अहिले मानव जातिमा बिशेष गरि १०-१८ मुनिका बालबालिका र ५५-६५ बर्ष वृद्धि हरुमा  १३.५०% ले डिप्रेशन देखिएको छ र गर्वती महिलाको संख्या दर २१.०१% ले वृद्धि रहेको छ। यसरी बिश्वको Lockdown १ बर्ष सम्म मात्र जाने हो भने अर्थतन्त्रमा करिब  ७०-८०% कमि हुने जस्ले प्रत्येक्ष बिकास निर्माणमा असर पार्ने छ तर वायुमण्डलको हावा गरि एक करोड बर्ष पहिलेको जस्तो स्वस्छ, निलो आकाश, स्वच्छ हावा, वायुमण्डलिय प्रदुषण गरिब १२.०४% घट्दै जाने छ।

वसन्त कुमार शाही 
युवा बैज्ञानिक 
अन्तरास्ट्रिय युवा बैज्ञानिक अवार्ड  स.न. २०१३ पेरिस फ्रान्स 
कर्णालीको पहिलो "राष्ट्रिय युवा प्रतिभा पुरस्कार तथा सम्मानित, नेपाल सरकार २०१७ 
अध्यक्ष: कर्णाली बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र 
केन्द्रीय सदस्य: राष्ट्रिय युवा प्रतिभा तथा उधमी संजाल, नेपाल सरकार