काठमाडौँ । आइसीसी विश्वकप लिग २ अन्र्गतको अन्तिम खेलमा नेपाल युएईसँग ४ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै सकेको छ।
दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो। नेपालले दिएको २४० रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै २४३ रनसहित लक्ष्य पूरा गरेको हो।
यूएईका लागि चौथो विकेटका लागि मोहम्मद वसिम र मुहम्मद सहदादले १४७ रनको सतकीय साझेदारी गर्दै यूएईको लागि जितको आधार बनाएका थिए।
यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ९६ रनको पारी खेले। उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल