काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि बस्ने भएको छ।
असोज २८ गतेदेखि सुरु भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ ।
सोहीअनुसार बुधबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सितादेवी देवकोटाले आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बिहीबारको बैठक बिहान ११ः३० बजे पार्टी कार्यालयमै बस्नेछ। बैठकमा आगामी राजनीतिक परिस्थिति, पार्टी महाधिवेशन, र आसन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित विषयमा छलफल जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन र संसद् पुनर्स्थापना दुवैमा खुला हुनुपर्ने काँग्रेस बैठकमा सुझाव