क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्रीको निर्देशन

बुधबार, ०७ जेठ २०७७, १७ : ४८
क्वारेन्टाइनको अवस्था सुधार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी अप्सको कार्यालयमा बुधबार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका थिए । सीसीएमसीको तीन क्लस्टर स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा कार्य, शान्ति सुरक्षा कार्य र सूचना तथा प्रविधि कार्यको काम, कारबाहीबारे पनि ओलीलाई छुट्टै जानकारी गराइएको थियो ।

ब्रिफिङपछि निर्देशन दिने क्रममा ओलीले देशभर क्वारेन्टाइनको स्थितिबारे चासो देखाउँदै सुधार गर्न निर्देशन दिएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस