काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तनका क्रममा बेपत्ता योद्धाले देखेको सपनालाई सार्थकतामा बदल्नु कम्युनिष्ट क्रान्तिकारीको जिम्मेवारी भएको बताउनुभएको छ ।
बेपत्ता योद्धाको स्मृति दिवसको सन्र्दभमा आज एक वक्तव्य जारी गर्दै उहाँले बेपत्ता योद्धाको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।
अध्यक्ष दाहालले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाको सङ्घर्षका कारण नै आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरण पुगेको बताउनुभएको छ ।
बेपत्ता परिवारको अभिभावकत्व र उनीहरु सन्नतिको शिक्षादीक्षा एवं भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले बेपत्ता योद्धाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०७७, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग