काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो ।
नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको घोषणा गरिएको हो ।
नीति तथा कार्यक्रम पारित भएसँगै संसद बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक २०७७ साल जेठ १३ गते मंगलबार दिनको १ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
नीति तथा कार्यक्रममाथिको छलफल सकियो
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला